भारतमा सनातन हिन्दू एकता पदयात्रामा हजारौँ नेपाली सहभागी

बीरगंजका तीन पत्रकारद्वारा स्थलगत रिपोर्टिङ

अमरेश कुमार पाण्डे

आइतबार, मंसिर ०१, २०८२ || 2078  पटक पढिएको

बीरगञ्ज।भारतको मध्य प्रदेशस्थित छतरपुरको प्रसिद्ध बाबा बागेश्वरधामका पीठाधीश्वर पण्डित धीरेन्द्र शास्त्रीको अगुवाइमा आयोजना गरिएको दश-दिवसीय ‘सनातन हिन्दू एकता पदयात्रा’ मा नेपालबाट पनि उल्लेख्य सहभागिता रहेको छ। यस पदयात्रामा बीरगञ्जका तीन जना पत्रकारले समेत सक्रिय सहभागिता जनाउँदै स्थलगत रिपोर्टिङ गरेका छन्।

कार्तिक ३० गते (नोभेम्बर १७, २०२२) देखि सुरु भएको यो पदयात्रा भारतको राजधानी दिल्लीबाट प्रारम्भ भई नोभेम्बर २६ मा वृन्दावनमा सम्पन्न भएको थियो। भारत र नेपाल गरी लाखौँको संख्यामा सनातन धर्मप्रेमी भक्तजनहरू यस यात्रामा सहभागी भएका थिए।

आयोजक पक्षका अनुसार पदयात्राको मुख्य उद्देश्य भारतलाई ‘हिन्दू राष्ट्र’ घोषणा गर्नुपर्ने र सनातन परम्पराभित्र रहेको छुवाछुत, विभेद तथा विकृतिहरूलाई अन्त्य गरी सम्पूर्ण सनातन परिवारलाई एक ठाउँमा उभ्याउनुपर्छ भन्ने सन्देश दिनु रहेको थियो।

यस पदयात्रामा भारतका ठूला व्यवसायी, सामाजिक अगुवाहरू, तथा बलिउड कलाकारहरू संजय दत्त, शिल्पा शेट्टी, राजपाल यादवलगायत धेरै कलाकारहरूको समेत उपस्थिति रहेको थियो।दश दिनसम्म चलेको यो पदयात्रा वृन्दावनस्थित बाँके बिहारी मन्दिरमा विशेष दर्शनसँगै सम्पन्न भएको हो।

यस ऐतिहासिक पदयात्राको स्थलगत रिपोर्टिङका लागि नेपालको बीरगञ्जबाट ए न्यूज टेलिभिजनका राज सर्राफ, ज्योति दैनिकका कन्हैया पटेल, र एशियन न्युजका निरञ्जन साह वृन्दावन पुगेका थिए।

ए न्यूज टेलिभिजनका पत्रकार राज सर्राफले पदयात्राबारे आफ्नो अनुभव साझा गर्दै भने, “हामी पत्रकारिताको दायित्वका लागि वृन्दावन आएका थियौँ, तर सनातन परिवारमा जन्मिएको नाताले धर्म, आस्था र संस्कारप्रति हाम्रो कर्तव्य पनि उति नै महत्त्वपूर्ण छ। रिपोर्टिङसँगै कर्म र धर्म दुवै निभाएकोमा गर्व लागेको छ।”सहभागी नेपाली भक्तजनका अनुसार यस पदयात्राले धर्म, संस्कार, एकता र सामाजिक सद्भावप्रति नयाँ ऊर्जा भरिदिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!