
काठमाडौँ । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले बिहीबार पत्रकार सम्मेलन गर्न लागेको छ।

अभियानका नेता ओम शर्माले जानकारी दिनुभयो कि दिउँसो २ बजे राजधानीको अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन हुने छ। सम्मेलनमा अभियानका नेताहरूले सम्बोधनसहित आगामी योजना सार्वजनिक गर्ने तयारीमा छन्।
यसअघि कात्तिक १८ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्माले अभियानको घोषणा गरेका थिए। तत्कालीन माओवादी केन्द्रका नेता राम कार्कीसहितका अन्य नेताहरू पनि उक्त अभियानमा सहभागी छन्। बुधबार मात्र केन्द्रीय सदस्य ओम शर्मा र लक्ष्मण पन्तलगायतका नेताहरूले पनि अभियानमै आबद्ध रहने घोषणा गरेका छन्।