हिपमत डटकम

बिहिबार, कार्तिक २८, २०८२ || 164  पटक पढिएको

काठमाडौँ ।जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजीका मागहरू पूरा नभएसम्म निर्वाचन सम्भव नभएको बताएका छन्। बिहीवार बिहान लैनचौरस्थित खड्का ल्यान्ड प्रालिले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा पुगेका उनले यस्तो बताएका हुन्।

गुरुङका अनुसार, केही बाहेक सबै जेनजी एक स्थानमा छन् र उनीहरूको माग पूरा हुनु आवश्यक छ। माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी उनले दिएका छन्। यसका लागि जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने उनको भनाइ छ।

सुदन गुरुङले बताएअनुसार, जेनजीका सबै वार्तामा गृहमन्त्री संलग्न थिए र माग पूरा हुने आश्वासन पनि दिइएको थियो। तर अहिलेसम्म अपेक्षित कार्य गरिएको छैन। उनले भने,

“हामी जेनजीको टिम समग्र रूपमा एउटै स्थानमा छौं। एक-दुई जना बाहिर छन्। उनीहरूलाई बोलाउँछौँ। माग पूरा नभइकन चुनाव कसरी हुन्छ? गृहमन्त्रीज्यूले यसबारे जिम्मा लिनुपर्छ। उनी हामीसँग जंगी अड्डामा पनि सँगै हुनुहुन्थ्यो। अब चुनाव मात्र कुरा भइरहेको छ।”

उनले थपे कि, माग पूरा नभएको खण्डमा गृहमन्त्रीले धोका दिएको ठहर हुनेछ र निर्वाचन प्रक्रियामा बाधा उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!