हिपमत डटकम

बिहिबार, कार्तिक २८, २०८२ || 418  पटक पढिएको

२७ कात्तिक/ देशभर सुनको मूल्य पुनः बढ्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ कायम गरिएको छ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य ५ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको दर उकालो लागेको छ। बिहीवार बिहान प्रतिऔंस ४२०० अमेरिकी डलर नाघेको छ, जसअघि रेकर्ड उच्च मूल्य ४३८१ डलर प्रतिऔंस पुगेको थियो।

नेपालमा यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च दर हो।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको महासंघले जनाएको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला १७० रुपैयाँले बढेर ३३४५ रुपैयाँ पुगेको छ। असोज ३१ गते चाँदीको मूल्य ३३५० रुपैयाँ को रेकर्डमा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!