हिपमत डटकम

बिहिबार, कार्तिक २८, २०८२ || 358  पटक पढिएको

२६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनविरुद्ध सात दलका सांसदहरू बिहीवार पनि मधेश भवन अगाडि धर्नामा बसेका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा एमालेका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेश राजधानी जनकपुरधाममा राजनीतिक अस्थिरता बढेको छ।

धर्नामा सहभागी दलहरूमा नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, जनमत पार्टी, लोसपा, नेकपा (एकीकृत समाजवादी)नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

मङ्गलबार साँझ मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्न जाँदै गर्दा बाहिर विरोध चर्किएको थियो। प्रहरीले प्रदर्शन रोक्ने प्रयासमा लाठीचार्ज गर्दा कम्तीमा १७ जना घाइते भएका थिए।

सात दलीय गठबन्धनले घटनाको विरोधमा निरन्तर आन्दोलन घोषणा गरेको छ। यसबीचमा, मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख सुवेदी भण्डारीलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बर्खास्त गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!