हिपमत डटकम

मंगलबार, कार्तिक २६, २०८२ || 1372  पटक पढिएको

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। मंगलबार अघिल्लो दिनको तुलनामा तोलामा ४ हजार ९०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सोमबार सुनको मूल्य तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण गरिएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ३ हजार १५ रुपैयाँ रहेको चाँदी मंगलबार तोलामा ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै यसको प्रभाव नेपाली बजारमा पनि परेको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!