काठमाडौँ — नेपाली बजारमा सुनको मूल्य एकैदिनमा तोलामा ८,१०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको मूल्य तोलामा २,४८,५०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
महासंघका अनुसार, सोमबार छापावाल सुनको मूल्य २,४०,४०० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको निरन्तर वृद्धिको प्रभाव नेपाली बजारमा प्रत्यक्ष देखिएको हो।
यसैबीच, चाँदीको मूल्य पनि उकालो लाग्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। सोमबार तोलामा २,३२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २,३२५ रुपैयाँ पुगेको छ।
विशेषज्ञहरूका अनुसार, अन्तर्राष्ट्रिय आर्थिक अनिश्चितता, मुद्रास्फीति र लगानी सुरक्षाको कारणले गर्दा बहुमूल्य धातुहरूमा मूल्यवृद्धि देखिएको हो।