हिपमत डटकम

मंगलबार, आश्विन २८, २०८२ || 623  पटक पढिएको

काठमाडौँ — नेपाली चर्चित फिल्म शृङ्खला ‘कबड्डी’ को पाँचौँ भाग ‘कबड्डी ५’ को छायाङ्कन सुरु भएको छ। निर्माण युनिटले सोमबारबाट मुस्ताङ जिल्लाको लार्जुङ बस्तीमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित छायाङ्कनको शुभारम्भ गरेको हो।

धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथ मन्दिरमा पूजापछि सुरु भएको छायाङ्कनको ७० प्रतिशत हिस्सा मुस्ताङमा र बाँकी ३० प्रतिशत काठमाडौँमा खिचिने बताइएको छ।

पहिल्यै अन्तिम सिक्वेल भनी प्रचार गरिएको ‘कबड्डी ४’ पछिको यो नयाँ शृङ्खला फेरि निर्माणमा आउनुले दर्शकमाझ पुनः उत्साह देखिएको छ।

रामबाबु गुरुङको निर्देशनमा तयार हुँदै गरेको फिल्ममा निर्देशक स्वयं र उपेन्द्र सुब्बाको लेखन छ भने छायांकन सञ्जय लामाले गर्दैछन्।

कलाकारको पुनरागमन र नयाँ अनुहारको प्रवेश

पाँचौँ शृङ्खलामा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, शिशिर वाङ्गदेल जस्ता कलाकार पुनः देखिनेछन्।

यसपटक पूर्व मिस यूके नेपाल सिर्जना गुरुङ फिल्ममार्फत डेब्यु गर्दैछिन्। त्यस्तै, ‘कबड्डी’ शृङ्खलाको पहिलो र दोस्रो भागमा मुख्य भूमिकामा रहेकी रिश्मा गुरुङ (मैयाँ) पनि पुनः पर्दामा देखिनेछिन्।

फिल्ममा चर्चित अभिनेता विपिन कार्की को पनि महत्वपूर्ण भूमिका रहनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!