काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ।

जेन-जी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी घाइते भएका सभापति शेरबहादुर देउवा आजको बैठकमा सहभागी हुने भएका छन्। घटनापछि देउवा पहिलो पटक सार्वजनिक रूपमा देखिन लागेका हुन्।

बैठकमा जेन-जी आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति र महाधिवेशन तयारीसम्बन्धी विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्र १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव राखे पनि एजेन्डामा अन्तिम सहमति हुन बाँकी रहेको बताइएको छ।

बैठकका एजेन्डा टुंग्याउनका लागि आजै बिहान कार्यसम्पादन समितिको बैठक पनि बस्ने कार्यक्रम छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश समितिका सभापतिहरू सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!