हिपमत डटकम

मंगलबार, आश्विन २१, २०८२ || 2415  पटक पढिएको

२१ असोज, काठमाडौं — जेनजी पुस्ताका युवाहरूको गतिविधि पुनः चर्किँदै गएपछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

सरकारमाथि दबाब सिर्जना गर्दै सडकमा उत्रिएका युवाहरूले जेनजी विद्रोहका क्रममा “दमनकारी भूमिका” खेलेका भनिएका व्यक्तिहरूको पक्राउ र संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति खारेज गर्न माग गरेका छन्। यसको प्रत्युत्तरस्वरूप प्रहरीले मुख्य सडक, सार्वजनिक स्थल, र सरकारी कार्यालयहरूमा सुरक्षा सतर्कता बढाएको हो।

काठमाडौंको माइतीघर–भद्रकाली खण्डमा पर्ने जिल्ला प्रहरी परिसर अगाडि प्रहरी टोलीले बाक्लो तैनाथी गर्दै ब्यारिकेडसमेत राखेको छ। अरु दिनमा खुला रहने यो खण्ड अहिले आंशिक रूपमा अवरुद्ध गरिएको छ।

सामाजिक सञ्जालमार्फत जेनजी युवाहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आरजु राणा देउवा, माधव कुमार नेपाल, महेश बस्नेतलगायत नेताहरूमाथि कारबाहीको माग गर्दै अभियान चर्काइरहेका छन्। माइतीघर मण्डलामा उनीहरूले ती नेताहरूका तस्वीर राखेर प्रदर्शनसमेत गरेका छन्।

युवाहरूको चर्को दबाबपछि प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राति अबेरसम्म गृहमन्त्री, गृहसचिव र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय बैठक गरेकी थिइन्। बैठकमा प्रहरी अधिकारीहरूले केन्द्रीय सुरक्षा समितिको निर्णय र लिखित निर्देशनको माग गरेका थिए।

प्रधानमन्त्री कार्की मंगलबार थप परामर्शका लागि गृह मन्त्रालय र कानुनी सल्लाहकारहरूसँग छलफलमा व्यस्त रहेकी छिन्।

यसैबीच, जेनजीका एक समूहले मंगलबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको राजीनामा माग्दै औपचारिक निवेदनसमेत दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!