हिपमत डटकम

सोमबार, आश्विन २०, २०८२ || 15571  पटक पढिएको

विराटनगर, असोज १९ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बाढीपीडितको उद्धार र राहत वितरणमा कुनै कमी नआउने गरी महानगर पूर्ण क्षमताका साथ क्रियाशील रहेको बताएका छन्।

सोमबार बिहान मेयर कोइरालाले विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुलाई महानगरपालिकामा बोलाई राहतमा सहकार्य गर्न आग्रह गरेका थिए। छलफलका क्रममा उनले महानगरले बाढीपीडितको उद्धार र राहत वितरणलाई प्रभावकारी रूपमा अगाडि बढाइरहेको जानकारी दिए।

महानगरको समन्वयमा सोमबार बिहान अग्रवाल सेवा समितिको सहयोगमा खाना वितरण गरिएको छ भने आज बेलुका राउण्ड टेबलले खाना उपलब्ध गराउनेछ। रेडक्रसले त्रिपाल र ओछ्याउनका लागि म्याट्रेस उपलब्ध गराउने तयारी गरेको छ।

मेयर कोइरालाको निर्देशनमा महानगरका सम्बन्धित शाखाहरूलाई पूर्ण क्षमतामा उद्धार र राहत कार्यमा परिचालन गरिएको छ। विराटनगर–१२ स्थित सम्पन्न बस्तीबाट उद्धार गरिएका करिब ३०० जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोगमा सुरक्षित स्थलमा राखिएको छ।

उनीहरूलाई आज बिहानको खाना महानगरको समन्वयमा अग्रवाल सेवा समाजले वितरण गरेको हो। खाना वितरणमा नगर प्रहरी प्रमुख राजन पौडेल, बखरी प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सई प्रवीण भट्टराई, नेपाली सेना र अन्य सुरक्षाकर्मीको समेत सहभागिता रहेको थियो।

मेयर कोइरालाले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नगर प्रहरीमार्फत राहत वितरणलाई तीव्रता दिइएको बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!