हिपमत डटकम

सोमबार, आश्विन २०, २०८२ || 17340  पटक पढिएको

विराटनगर — कोशी प्रदेश सरकारले हालैको बाढी र पहिरोमा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई प्रारम्भिक राहतस्वरूप प्रति परिवार एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

सबैभन्दा बढी क्षति इलाम जिल्लामा भएको पुष्टि भएको छ, जहाँ ३७ जनाले ज्यान गुमाएका छन्। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार मृतकका परिवारलाई प्रारम्भिक राहतसँगै घर पुनर्निर्माण तथा मर्मतका लागि थप सहयोग पनि उपलब्ध गराइनेछ।

मन्त्री भण्डारीले भने, “प्रदेश सरकारले संघीय सरकार र सुरक्षा निकायहरूसँग समन्वय गरेर राहत तथा उद्धार कार्य तीव्र बनाइरहेको छ। प्रभावित जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीहरूसँग सहकार्य गरी आवश्यक सहायता पु¥याइँदैछ।”

उनका अनुसार विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको छ र प्रदेश सरकारसँग रहेका राहत सामग्रीहरू सुरक्षा निकायलाई उपलब्ध गराइएको छ।

यसैबीच, मन्त्री भण्डारीले कोशी प्रदेशका कर्मचारीहरूसहित कोशी ब्यारेजको निरीक्षण गरेका छन्। विपद् समन्वयको नेतृत्व आन्तरिक मामिला मन्त्रालयले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!