
सुनवर्षी। मोरङको सुनवर्षी नगरपालिका–३ बाहुनडोबामा बक्राहा खोलाले कटान गर्दा करिब ६० घरधुरी प्रभावित भएका छन्।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार रातिदेखि परेको अविरल वर्षापछि खोलाको बहाव बढेपछि करिब ४/५ मिटर बाँध कटान भई स्थानीय बस्तीमा पानी पस्दा २५० जनाभन्दा बढी प्रभावित भएका हुन्।
बाँध कटानसँगै जोखिम बढेपछि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको प्रशासनले जनाएको छ। अविरल वर्षा अझै जारी रहेकाले थप क्षति हुने आशंका गरिएको छ।
स्थानीय बासिन्दाले तत्काल उद्धार, अस्थायी बासस्थान र राहतको व्यवस्था गर्न माग गरेका छन्।