हिपमत डटकम

बुधबार, आश्विन १५, २०८२ || 42432  पटक पढिएको

नयाँ दिल्ली, असोज १५ भारत सरकारको मन्त्रिपरिषद्ले गहुँको न्यूनतम समर्थन मूल्य (एमएसपी) प्रति क्विन्टल १६० रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको छ।यससँगै अब गहुँको नयाँ समर्थन मूल्य प्रति क्विन्टल २,५८५ रुपैयाँ पुगेको छ। यसअघि यो मूल्य २,४२५ रुपैयाँ थियो।सरकारको यो निर्णयबारे केन्द्रीय मन्त्री अश्विनी वैष्णवले जानकारी दिएका हुन्, भनी समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ।

महँगी भत्ता र विद्यालय खोल्ने निर्णय पनि

मन्त्रिपरिषद्को बैठकमा केन्द्रीय सरकारका कर्मचारीहरूको लागि महँगी भत्ता ३ प्रतिशतले वृद्धि गर्ने निर्णय पनि अनुमोदन गरिएको छ।यसबाट झण्डै ४९ लाख २० हजार कर्मचारी र ६८ लाख ७० हजार पेन्सनधारकहरू लाभान्वित हुनेछन्।त्यसैगरी, सरकारले ५७ वटा नयाँ केन्द्रीय विद्यालय (Kendriya Vidyalaya) खोल्ने निर्णय पनि लिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!