हिपमत डटकम

बुधबार, आश्विन १५, २०८२ || 44409  पटक पढिएको

काठमाडौँ, असोज १५ दसैँको घटस्थापनादेखि नवौँ दिनसम्मको अवधिमा ६ लाख ११ हजार ६५७ यात्रु काठमाडौँ उपत्यका छाडिसकेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते घटस्थापना सुरु भएयता विभिन्न नाकाबाट ठूलो सङ्ख्यामा यात्रुहरू उपत्यका बाहिरिएको तथ्याङ्क देखिन्छ।

पछिल्लो २४ घण्टामात्रै ५८ हजार ३९६ यात्रुले उपत्यका छाडेका छन् भने सोही अवधिमा १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार अहिले राजधानी छाड्ने यात्रुको चाप उच्च भए पनि प्रमुख नाकाहरूमा सवारी सञ्चालन सामान्य अवस्थामा नै भइरहेको छ।

घटस्थापनादेखि हालसम्म काठमाडौँ उपत्यकाबाट १ लाख १३ हजार ४१५ सवारी साधन बाहिरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ती सवारीहरूबाट यात्रामा निस्किनेको मुख्य गन्तव्य पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरू रहेका छन्।

यस्तै, यही अवधिमा काठमाडौँ उपत्यकामा ७७ हजार ५४५ सवारी साधन प्रवेश गरेका छन्। ती सवारीमार्फत ३ लाख १९ हजार १५ जना राजधानी भित्रिएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगतीजस्ता प्रमुख नाकाहरूमा यात्रुको बाक्लो भीड देखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!