
काठमाडौँ — नेकपा (एमाले) का नेता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कानून र संविधानको सीमाभित्र रहेर शासन सञ्चालन गर्नुपर्ने बताएका छन्।


फेसबुकमार्फत जारी सन्देशमा उनले भने, “विधिको शासन, कानूनीराज र संवैधानिक सर्वोच्चता भएको देशमा हुकुमी शासन चल्दैन।” संघीय सरकारले सांसदका स्वकीय सचिव कटौती गर्ने निर्णय गरेपछि यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन्।
कार्कीले थपे, “देश, प्रदेश र स्थानीय तहमा सुशासन र भ्रष्टाचारमुक्त ढंगले शासन चलाउनु पर्छ। सबैले आफ्नो कानूनी दायरा र क्षेत्राधिकार भित्र रहेर काम गर्नु नै लोकतान्त्रिक संस्कार हो।”
उनले आफ्नो सन्देश यसरी समाप्त गरेका छन्:
“हामी सबैले संविधान र कानुन अनुसार काम गर्नुपर्छ। जनताको बहुलीय जनवाद जिन्दावाद! नेकपा (एमाले) जिन्दावाद!”