हिपमत डटकम

बिहिबार, आश्विन ०९, २०८२ || 3016  पटक पढिएको

काठमाडौँ – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै गएको पहिरो हटाउन अझै केही समय लाग्ने भएको छ।

बुधबार साँझको भीषण वर्षाका कारण रातभर पहिरो पन्छाउन समस्या उत्पन्न भएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

कार्यालयका अनुसार, “आज बिहान ५:३० बजेदेखि नारायणगढ र मुग्लिन दुवैतर्फबाट पाँचवटा उपकरण परिचालन गरिएको छ। तर, ठाउँ साँघुरो भएकाले धेरै उपकरण एकै पटक सञ्चालन गर्न नसकिएकाले पहिरो हटाउन समय लागिरहेको छ।”

सडक सञ्चालन नहुञ्जेलसम्म वैकल्पिक मार्ग प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ। दसैँको बेला घर फर्किने यात्रुहरू यो अबरोधका कारण गन्तव्यमा पुग्न नसकी मारमा परेका छन्।

त्यसैगरी, धादिङको बेनिघाट गाउँपालिका–१० स्थित जवाङखोला र घोप्टेभीरमा गएको पहिरो भने हटाइएको छ। बिहान ३ बजे पहिरो पन्छाएसँगै नागढुङ्गा–मुग्लिन सडक पुनः सञ्चालनमा आएको नागढुङ्गा–मुग्लिन सडक योजनाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!