हिपमत डटकम

सोमबार, भाद्र ०९, २०८२ || 3315  पटक पढिएको

विराटनगर । कोशी प्रदेश सरकारको ‘आमसञ्चार विधेयक’ ले संविधानको मुल मर्म विपरीत पुर्ण प्रेस स्वतन्त्रतामाथी अंकुस लगाउन खोजेको भन्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आन्दोलन घोषणा गरेकोछ ।

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै कोशी प्रदेश सरकारले संसदमा दर्ता गरेर न्याय प्रशासन तथा विधायन समितिले टुंगो लगाएर प्रदेशसभामा पेश गरेको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने अभिप्रायले आएको भन्दै आन्दोलन घोषणा गरेको हो ।

विज्ञप्तिमा महासंघले उक्त विधेयकले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने भएकाले यसको कडा विरोध गर्ने बताएको छ। महासंघका महासचिव हिमाकुमारी चेम्जोङद्वारा हस्ताक्षरित विज्ञप्तिमा, पत्रकार, सञ्चारकर्मी र सरोकारवालाहरुलाई चरणबद्ध आन्दोलनमा सहभागी हुन आह्वान समेत गरिएको छ।

महासंघले प्रदेशसभाबाट विधेयक फिर्ता नभएसम्म निरन्तर दबाबमूलक कार्यक्रम अघि बढाइने उल्लेख गरेको छ। यस क्रममा जिल्ला शाखा, सम्पर्क समितिहरू र पत्रकारहरुलाई पनि सक्रिय भुमिका निर्वाह गर्न आह्वान गरिएको छ।

महासंघले घोषणा गरेको आन्दोलनका चरणबद्ध कार्यक्रमहरु :

१. भदौ ९ गते प्रदेशभरिका पत्रकारहरुले आ-आफ्नो सामाजिक सञ्जालमा प्रदेश सरकार र प्रदेश सभालाई विधेयक सच्याउन खबरदारी गर्दै पोष्ट गर्ने ।

२. भदौ १० गते मुख्यमन्त्री , विभागीय मन्त्री तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता तथा प्रमुख सचेतकहरुलाई भेटघरी विधेयक सच्याउन ध्यानाकर्षण गराउने ।

३. भदौ ११ गते प्रदेश भरिका पत्रकारहरुले आ-आफ्नो जिल्लाका प्रदेशसभा सदस्यहरुलाई  ‘कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान फिर्ता गर’ भन्ने सन्देश (SMS) पठाउने।

४. भदौ १२ गते मुख्यमन्त्री कार्यालय र जिल्ला शाखाहरुको जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टा धर्ना दिने।

५. भदौ १३ गते दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चौकमा १ घण्टा धर्ना दिने ।

महासंघले विज्ञप्तिमार्फत प्रेस स्वतन्त्रता जोगाउन र संविधानले दिएको हक अधिकारको संरक्षणका लागि आन्दोलन अपरिहार्य भएको स्पष्ट पारेको छ । विधेयक सच्याउन वा खारेज गर्न प्रदेश सरकार र सभाले चासो नदिए दोस्रो चरणमा अझ कडा आन्दोलन घोषणा गर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!