हिपमत डटकम

आइतबार, भाद्र ०८, २०८२ || 9089  पटक पढिएको

कोशी प्रदेशको सूर्योदय नगरपालिका प्रदेशकै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) अनुसार सूर्योदयले ९०.५० अंकसहित प्रदेशमा पहिलो स्थान हासिल गरेको हो।

इलाम नगरपालिका ९० अंकसहित दोस्रो, विराटनगर महानगरपालिका ८७.२५ अंकसहित तेस्रो स्थानमा परेको छ। इटहरीले ८० र धरानले ७७.५० अंक प्राप्त गरेका छन्।

राष्ट्रिय स्तरमा तिलोत्तमा नगरपालिका लगातार दोस्रो वर्ष उत्कृष्ट घोषित भएको छ। तिलोत्तमाले आन्तरिक स्रोतमा आधारित विकास, विपद् व्यवस्थापन, र सूचना केन्द्र सञ्चालनमा उल्लेखनीय प्रगति गरेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले ९ वटा क्षेत्रमा मूल्याङ्कन गरी उत्कृष्ट स्थानीय तह छनोट गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!