हिपमत डटकम

मंगलबार, साउन २१, २०८२ || 362  पटक पढिएको

उदयपुर, २० साउन – लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र बनेको छ, जसले बेलका नगरपालिका उच्च जोखिममा पारेको छ। विशेषगरी वडा नं. २, ३, ६, ८ र ९ का सप्तकोशी आसपासका बस्तीहरूमा डुबान र नदी कटानको खतरा बढ्दै गएको छ।

नगर उपप्रमुख जिरा राईका अनुसार ती क्षेत्रहरूमा बाढीले गर्दा नदी कटानका घटना बढ्ने संकेत देखिन थालेको छ। जोखिमको मूल्यांकन गर्न प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल नेतृत्वको सुरक्षा टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको छ।

जिल्ला प्रशासन कार्यालयले स्थानीयवासीलाई सतर्क रहन र सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गरेको छ। कोठु, डुम्रीबोट, सिसौली लगायतका स्थानमा सप्तकोशी नदीको पानी किनार कटाएर बस्ती नजिकै आउन थालेपछि सतर्कता थप आवश्यक भएको प्रशासनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले सम्भावित विपद्‌मा उद्धार तथा राहत कार्यका लागि पूर्ण तयारी गरिएको जानकारी दिएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तत्काल खटिन सक्ने गरी तयारी अवस्थामा राखिएको छ।

नगरप्रमुख अशोक कार्कीका अनुसार जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूको टोलीले निरन्तर स्थलगत अवलोकन गरिरहेको र पूर्वतयारीको काम तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!