लप्टन खेल मैदानको स्तरोन्नतिका लागि २५ लाख विनियोजन

रंजन थापाको विशेष पहलमा प्राप्त भयो प्रदेशको सहयोग

रामकुमार परियार

शनिबार, आषाढ ०७, २०८२ || 2557  पटक पढिएको

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं ६ हसन्दह तित्रीझाँकस्थित लप्टन खेल मैदानको स्तरोन्नतिको लागि कोशी प्रदेश सामाजिक विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

खेलकुद पूर्वाधारको विकास र स्थानीय युवामा खेलप्रतिको आकर्षणलाई थप सशक्त बनाउन यो रकम विनियोजन गरिएको हो। यो बजेट विनियोजन गराउन नेपालका हक्की खेलको मुख्य प्रशिक्षक तथा वडा नं ६ निवासी खेलप्रेमी व्यक्तित्व रंजन थापाले विशेष पहल गरेका थिए।

थापा खेलकुदको विकासमा सधैं अग्रसर रहँदै आएका छन् । लप्टन खेल मैदानको प्रारम्भिक निर्माणदेखि नै उनले व्यक्तिगत तथा संस्थागत तहमा विभिन्न पहल गर्दै आएका छन्। मैदानको संरक्षण, विस्तार र स्तरोन्नतिको निम्ति उनले गरेका प्रयासहरू प्रशंसनीय छन्।

स्थानीय खेलप्रेमीहरूका अनुसार यो रकमले मैदानको पर्खाल, ढल, ड्रेनेज, भौतिक संरचना तथा अन्य आवश्यक सुधारका कामहरूमा प्रयोग गरिनेछ।

यस बजेटले लप्टन खेल मैदानलाई आधुनिक रंगशालाको दिशामा अगाडि बढाउने र भविष्यमा ठूला प्रतियोगिता आयोजना गर्ने सम्भावना बढेको स्थानीयहरूको विश्वास छ।

वडा नं ६ का वडाध्यक्ष कृष्ण कुमार बस्नेत तथा अन्य जनप्रतिनिधिहरूले पनि थापाको सक्रियता र पहलप्रति धन्यवाद व्यक्त गर्दै खेलमैदानको स्तरोन्नति कार्यमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!