हिपमत डटकम

सोमबार, जेठ २०, २०८२ || 7415  पटक पढिएको

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाले नगर क्षेत्रका सञ्चारकर्मीहरुसँग राय सुझाव संकलन गरेको छ ।

आज (सोमबार) नगरपालिकामा आगामी बजेट योजनाको लागि सञ्चारकर्मीहरुसँग राय सुझाव संकलन कार्यक्रम गरिएको हो ।

नगर क्षेत्र भित्र रहेर पत्रकारिता गरिरहेका सञ्चारकर्मीसँग सञ्चारसँग सम्वन्धित विभिन्न योजना र नगरको समग्र विकास निर्माणका विषयमा सञ्चारकर्मीहरुले राय सुझाव दिएका थिए ।

सो राय सुझाव संकलन पश्चात् नगरबाट भइरहेका विकास निर्माणका कार्यहरुको विषयमा प्रमुख प्रशासकीय अधिकृत शशि राईले विस्तृत रुपमा जानकारी गराउनुभएको थियो ।

सो कार्यक्रममा नगरका लेखा शाखा प्रमुख पिताम्वर वस्ती, योजना शाखा प्रमुख शिव कुमार राई लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो । हरेक वर्ष नगरपालिकाले सञ्चारकर्मीहरुसँग यस किसिमको राय सुझाव र अन्तरक्रिया कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!