विराटनगर । गणतन्त्र दिवसको अवसरमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुभकामना सन्देश दिएका छन् ।‌ बिहीबार सन्देश दिँदै उनले गणतन्त्र ल्याउनका लागि आफ्नो प्राण आहुति गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपाली जनताको लामो समयदेखिको चाहना, त्याग, बलिदान र संघर्षले प्राप्त भएको संविधानसभा र त्यसले निर्माण गरेको उत्कृष्ट संविधानको जगमा गणतन्त्र दिवस मनाइरहेको उनले जनाएका छन् ।

‘संविधानसभाको पहिलो बैठक २०६५ साल जैष्ठ १५ गते घोषणा गरिएको गणतन्त्र नेपालीहरूको बलिदानबाट प्राप्त भएको प्रतिफल हो । नेपाली जनताको त्यागवाट प्राप्त संघीय लोकतान्व्रिक गणतन्त्रमा आज हामी देशलाई समुन्नति र समृद्धिको यात्रामा अगाडि बढ़ाइरहेका छौं’सन्देशमा छ ।

कोशी प्रदेश सरकार गणतन्त्रलाई संस्थागत गर्दै समुन्नत प्रदेश बनाउन क्रियाशील रहेको उनले जनाएका छन् । ‘गणतन्त्र दिवस मनाइरहँदा हामीले अंगीकार गरेको संविधान र संरचनामाथि केही तत्वहरुले प्रहार गर्ने कोसिस गरिरहेका छन्। यी सबै कोसिसहरूलाई निस्तेज पारेरहामीले व्यवस्थालाई बलियो बनाउन पर्ने आजको आवश्यकता छ’ मुख्यमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!