हिपमत डटकम

बिहिबार, जेठ १६, २०८२ || 1385  पटक पढिएको

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज बिहीबार अपराह्न ३ बजे आर्थिक वर्ष २०८२/०८३ का लागि राजस्व र व्ययको अनुमान (बजेट) प्रस्तुत हुने भएको छ। बजेट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

बजेट प्रस्तुत गर्नुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज मध्याह्न मन्त्रिपरिषद्को बैठक बस्नेछ। बैठकले बजेटलाई अन्तिम रूप दिई स्वीकृत गर्नेछ।

त्यसैगरी, आजै अपराह्न राष्ट्रिय योजना आयोगको बैठक पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!