हिपमत डटकम

शनिबार, जेठ ११, २०८२ || 2187  पटक पढिएको

पथरी । मोरङको पथरी शनिश्चरे–१० स्थित जिरीखिम्ती मैदानमा शनिबार देखि सुरु भएको प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डाँस मोरङी क्रिकेट क्लबले जित हासिल गरेको छ ।

उद्घाटन खेलमा डाँसले स्टन बुलेट क्रिकेट क्लब दुहबीलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको स्टन बुलेटले निर्धारित १८ ओभरमा ६ विकेटको क्षतिमा ९४ रनको लक्ष्य प्रस्तुत गर्‍यो । बर्षाले असर गरेपछी खेल २ ओभर घटाईएको थियो । बुलेटका लागि लोकेश पौद्धारले २६, अमृत शर्माले २२ र सूर्य रौनियारले १२ रन बनाए। अन्य खेलाडी भने दोहोरो अंक बनाउन सकेनन् ।

बलिङतर्फ डाँसका मोहम्मद उमर सानीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए भने रबिन मण्डलले १ विकेट हात पारे।

जवाफी ब्याटिङमा डाँस मोरङीले ११ ओभरमै ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। टोलीका लागि रबिन मण्डलले ३१, दिपेश सुवेदीले २६ र उमर सानीले १६ रन बनाए। स्टन बुलेटका लागि लोकेश पौद्धार, मनिष न्यौपाने र सौर्य रौनियारले समान १-१ विकेट लिए । म्यान अफ द म्याच डाँसका उमर सानी घोषित भए ।

दोश्रो खेलमा काकडभिट्टा विजयी , बराहक्षेत्र ९ रनले पराजित

प्रतियोगिताको दोस्रो खेलमा बी एन्ड एस क्रिकेट क्लब काकडभिट्टाले बराहक्षेत्र क्रिकेट क्लबलाई ९ रनले पराजित गर्दै जित हात पारेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको काकडभिट्टाले १४ ओभरमा १०७ रन बनाउँदै अलआउट भयो। समीर श्रेष्ठले ३२, आयुष न्यौपानेले २६ र देवेन्द्र महतले १७ रन बनाए ।

बराहक्षेत्रका लागि निक्कु मण्डलले ३ विकेट, अनिश श्रेष्ठ र आयुष राईले समान २-२ विकेट तथा अजय पौद्धार र उमेश चौधरीले समान १-१ विकेट लिए ।

१०८ रनको लक्ष्य पछ्याएको बराहक्षेत्रले निर्धारित २० ओभरमा ९६ रन मात्र बनाउन सक्यो । टोलीका लागि उमेश चौधरीले २२, आयुष राईले १८ र निक्कु मण्डलले १६ रन बनाए ।

काकडभिट्टाका लागि प्रेम सिंहले ३ विकेट, शिव राजवंशीले २ विकेट तथा आशिक रानामगर, आयुष न्यौपाने र प्रवेश कामतीले समान १-१ विकेट लिए ।

म्यान अफ द म्याच आयुष न्यौपाने घोषित भए । त्यस अघि पथरीशनिश्चरे नगर उपप्रमुख देबीमाया काफ्लेले उदघाट्न गरेकी थिइन ।

कन्चनजंघा दैबि प्रकोप ब्याबस्थापन समितिको आयोजनामा सुरु भएको प्रतियोगीमा झापा मोरङ र सुनसरीका १६ क्रीकेट क्लबको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!