हिपमत डटकम

शुक्रबार, जेठ १०, २०८२ || 4413  पटक पढिएको

विराटनगर।कोशी प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पेस गर्नुभएको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सर्वसम्मतिले पारित भएको छ ।

यसरी पारित भएका अध्यादेशमा सार्वजनिक निजी साझेदारी ऐन–२०७६, प्रदेश सहकारी ऐन–२०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन–२०७६, भवन ऐन–२०७६, प्रदेश औद्योगिक व्यवस्था ऐन–२०७७, प्रदेश पर्यटन विकास ऐन–२०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्ट्रेसन ऐन–२०७७ र प्रदेश वन ऐन–२०७७ समेत गरी आठवटा छन् ।

कोशी प्रदेशसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रममाथि आज हुने छलफलमा हिमाल कार्की, निरादेवी खनाल, बन्दना झाँगर र इन्द्रमणि पराजुलीसहित ११ सदस्यले भाग लिने कार्यसूची रहेको उपसचिव गौतम अमात्यले जानकारी दिए ।यही जेठ ५ गते सरकारका तर्फबाट कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेका नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!