रामकुमार परियार

बिहिबार, चैत्र २७, २०८१ || 764  पटक पढिएको

 

मोरङ । मोरङको पथरीमा ‘सहिद रत्नकुमार बान्तावा चौथो राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता—२०८१’ सुरु भएको छ ।

देशभरबाट दुई सय खेलाडी सहभागी हुने प्रतियोगिताको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले बुधबार उद्घाटन गरे । नगर प्रमुख तुम्बापो र गत वर्षकी अन्डर सिक्सटिन मोरङ विजेता  सेम्रिल राईबाट बुद्धिचालको गोटी चालेर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

चैत्र ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पाँचौ मिस्टर काठमाडौंका विजेता स्व. प्रकाश राईको स्मरणमा ५० हजार पुरस्कार राशिको ब्लिज प्रतियोगिता समेत हुने आयोजक फ्रेन्डसिप चेस क्लव पथरीका अध्यक्ष अमिर राईले बताए ।  प्रतियोगितामा ४१ वटा विधामा नगद ३ लाख ७५ हजार रुपैयाँ , ट्रफी , मेडल र प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको राईले जानकारी दिए । प्रतियोगिता स्वीस लिग अनुसार ९ राउण्डमा खेलाईने बताईएको छ ।

प्रतियोगिताकै दौरान बडिबिल्डिङमा पाँचौ मिस्टर काठमाडौका विजेता स्वर्गीय प्रकाश राईको सम्मानमा ब्लिज खेल हुने र उक्त खेलको लागि छुट्टै पुरस्कार प्रदान गरिने आयोजक समितिका खेल संयोजक रोहित सुब्बाले जानकारी दिए ।

प्रतियोगितामा राष्ट्रिय च्याम्पियन रुपैस जैसवाल, पूर्व राष्ट्रिय च्याम्पियनहरु राजन सुवेदी, नवीन तण्डुकार, बद्रीलाल नेपाली , किर्तिसरा अधिकारी लगायत खेलाडीहरु सहभागि रहेका छन् ।

पथरीमा २०५९ साल जेठ १२ गते ईश्वर आँशु मगरको अध्यक्षतामा फ्रेन्डसिप चेस क्लबको गठनपछि नगरमा निरन्तर बुद्धिचाल प्रतियोगिता हुँदै आएको छ ।

‘सृजनशिल र स्वस्थ दिमागका लागि बुद्धिचाल’ भन्ने मुल नाराका साथ आयोजक फ्रेन्डसिप चेस क्लबले २०७५ सालमा प्रतियोगिताको पहिलो संस्करण आयोजना गरेको थियो । त्यसपछि दोस्रो , तेस्रो र चौथो क्रमशः २०७९ , २०८० र २०८१ मा सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!