विराटनगर।धनकुटा, झापा, सुनसरी र मोरङको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ गते साँझ बिराटनगर महानगरपालिका-१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी धरान उप-महानगरपालिका-१५ का ३५ वर्षीय डेबिट तामाङ र धनकुटा महालक्ष्मी-४ का १९ वर्षीय बिक्रम तामाङलाई ४ ग्राम ५९ मिलिग्राम र मोरङ सुन्दरहरैचा-५ का २४ वर्षीय दुखन ऋषिदेवलाई ४ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसै गरी धनकुटाको इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा प्र. १-०२-०५५ प ३९०७ नम्वरको मोटरसाईकल चालक छथरजोरपाटी गाउपालिका-५ का २४ वर्षीय निमा शेर्पालाई २ किलो ग्राम गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।