हिपमत डटकम

शनिबार, जेठ २०, २०८० || 565  पटक पढिएको

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका १ स्थित बबियाबिर्तामा वित्तीय साक्षरता सम्बन्धी एक दिने सचेतना मुलक ¥याली गरिएको छ । लघुवित्त संरक्षण तथा प्रबर्द्धन समिति रंगेली नगरपालिका मोरङ द्वारा आयोजना गरिएको सो ¥याली

सखरदिना प्रहरी चौकी देखि बबियाबिर्ता चोकमा हटिया निकालीएको थियो । ¥याली पश्चात आयोजित कोण सभामा लघुबित्तको महत्व र अहिलेको अवस्थामा यसको आवश्यकता बारे वक्ताहरुले आ–आपना विचार राखेको थियो । जीवन बिकासका कर्सिया शाखा प्रवन्धक गायत्री पोख्रेलले बैकको पैसा जनताको हो, कर्जा तिरे घट्छ नतिरेमा बढ्छ, भ्रम फैलाउने लाई कारबाही गर, उधमशिलता बिकास अहिलेको निकास हो , योजना बनाई खर्च गरौ, लघुबित्त हाम्रो सहारा हो जस्ता नारा सहितको प्लेकार्ड सहित बजार समेत परिक्रमा गरेको जानकारी दिए ।

कार्यक्रममा जीवन बिकासमा आबद्ध कर्सिया, रङ्गेली, रामचोक, अमाही, बबियाबिर्ता, तथा बाहुनी शाखाका सदस्यहरु र सरोकार वाला, बुद्दिजिवी तथा सहयोगी युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको कोणसभामा उपस्थित सदस्यहरुले लघुबित्त चाहिन्छ, लघुबित्त हाम्रो घर हो, साहु महाजनको ज्यादती बन्द गर, मिटरब्याजी लाई कारबाही गर भन्दै विचार व्यक्त गरेको हाम्रा समाचारदाताले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!