हिपमत डटकम

शनिबार, जेठ ०६, २०८० || 872  पटक पढिएको

विराटनगर । विराट बर्जु हाफ म्यारनथ प्रतियोगितामा पुरुष तर्फ नेपाली सेनाका नरेन्द्रसिङ्ग रावत र महिला तर्फ नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएका छन ।
कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको विराट–बर्जु हाफ म्याराथन प्रतियोगितामा पुरुष तर्फ नेपाली सेनाका रावल र महिला तर्फ नेपाल प्रहरीकी रेखा विष्ट प्रथम भएका हुन । विराटनगरमहानगरपालिका स्थित विराट राजाको दरबारस्थल भेडियारीबाट सुनसरीको बर्जु तालसम्मको २३ किलोमिटरको विराट बर्जु म्यारानथ प्रतियोगिता भएको थियो । पुरुष तर्फ प्रथम भएका रावत २३ किलोमिटरको दुरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पुरा गरेको थियो ।

म्याराथनमा नेपाली सेनाका सुशीलकुमार शाही दोस्रो बनाका छन् । उनले १ घण्टा १८ मिनेटमा सो दुरी पार गरेका हुन । मोहनदेव जोशी दूरी १ घण्टा १८ मिनेट ३३ सेकेण्डमा तोकिएको दुरी पार गरेर तेश्रो गरेका थिए ।प्रतियोगितामा पुरुषतर्फ प्रथम रावलले १ लाख रुपैयाँ, द्वितीय हुने शाहीले ७५ हजार रुपैयाँ, र तृतीय हुने जोशीले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।पुरुष तर्फको यो प्रतियोगितामा १०१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

महिलातर्फको ५ किलोमिटर म्याराथनमा प्रथम भएकी नेपाल प्रहरीकी विष्ट १९ मिनेट ४ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । सशस्त्र प्रहरीकी सिमा थारु चौधरीले १९ मिनेट ११ सेकेण्डमा दुरी पार गर्दे दोस्रो बनेकी हुन ।नेपाल प्रहरीकी तिर्सना कुमाल तेस्रो भइन् । विराटनगरकी अंशु मण्डलले चौथो स्थान प्राप्त गरिन् । प्रतियोगिताकी प्रथम खेलाडी रेखा विष्टले २५ हजार, द्वितीय हुने चौधरीले २० हजार र तृतीय कुमालले १५ हजार रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेकी छिन् । प्रतियोगितामा २९ जना महिला सहभागी थिए ।विजयी धावकलाई कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!