कांग्रेसको राष्ट्रवाद कम्युनिस्टहरुको जस्तो खोक्रो छैन, ओलीको राष्ट्रवाद लम्पसार पर्यो प्रकाशमान सिंह 
हिपमत डटकम मङ्सिर २०

काठमाडौँ – प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खोक्रो नेपालका कम्युनिस्टको राष्ट्रवाद नक्कली भएको दावी गरेका छन्।

अमेरिका भ्रमणमा रहेका बेला अन्नपूर्ण पोष्टका प्रतिनिधिसँग कुराकानी गर्दै नेता सिंहले नेपालका कम्युनिस्टको राष्ट्रवाद नक्कली रहेको र कांग्रेस खोक्रो राष्ट्रवादको कुरै नगर्ने बताएका हुन्।

जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै सर्वदलीय बैठकमा आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अगाडि बढ्न सुझाव दिएको उल्लेख गर्दै कांग्रेस आवेगमा नभई विवेक प्रयोग गरेरै निर्णय गर्ने पार्टी रहेको दावी गरे।

“कांग्रेस खोक्रो राष्ट्रवादको कुरै गर्दैन। हामीले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वदलीय बैठकमा हामीले भनेका छौं, अगाडि बढ्नुस् हामी तपाईंको साथमा छौं। यति सहज र जिम्मेवार प्रतिपक्ष तपाईंले देख्नुभएको छ। कांग्रेस आवेगमा होइन, विवेक प्रयोग गरेरै निर्णय गर्छ।”,उनले भने।

मुलुक रक्षाका लागि कांग्रेस जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको सिंहको दावी छ। चुनावभन्दा अघि सबैभन्दा चर्को राष्ट्रियताको कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद लिम्पियाधुरामा पुगेर लम्पसार परेको उनले आरोप लगाए।

समकक्षीसँग कुरा गर्न नसक्ने र कूटनीतिक रूपमा पहल गर्न नसक्ने ओलीले खोक्रा राष्ट्रवादको नारा बन्द गर्नुपर्ने उनको बुझाई छ।

उनले भने,”सबैको साथ र सहयोग हुँदा पनि प्रधानमन्त्री के हेरेर बस्नु भएको हो ? चुनावभन्दा अघि सबैभन्दा चर्को राष्ट्रियताको कुरा गर्ने उहाँ नै होइन ?। मैले भन्ने गरेको छु, नेपालका कम्युनिस्टको राष्ट्रवाद नक्कली हो भनेर। उनीहरूले राष्ट्रवाद चुनाव जित्ने नारा मात्रै बनाउँछन्। अहिले ओलीको राष्ट्रवाद लिम्पियाधुरामा पुगेर लम्पसार परेको छ। उहाँलाई भारतीय समकक्षीसँग कुरा गर्न केले रोक्यो ? कूटनीतिक रूपमा पहल थाल्नु पर्दैन ? खोक्रा राष्ट्रवादको नारा बन्द गरे हुन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!