हिपमत डटकम

शुक्रबार, बैशाख २९, २०८० || 1683  पटक पढिएको

जितेन्द्र ठाकुर
विराटनगर । मोरङको बूढीगंगा स्थित सञ्चालनमा रहेको राठी म्यानिफ्याक्चरिङ इन्डष्ट्रिज ( उद्योग) मा भिषण आगजनी भएको छ ।

शुक्रवार विहान करिव २ बजे देखि लागेको आगो अझै पूर्णरुपमा नियन्त्रणमा आएको छैन । राठी स्वीच र एलईडी लगायतका बिजुली सम्बन्धीत सामग्री उत्पादन गर्दे आएको सो उद्योगमा लागेको आगो नियन्त्रण गर्न १२ वटा सुनसरी र मोरगका दमकल परिचालन गरिएको छ ।सो उद्योग राजेन्द्रकुमार राठीले सञ्चालन गर्दे आएका छन् । त्यहाँ कार्यरक्त एक मजदुर लागो लागेको देखेर उद्योगीलाई खवर गरेपछि आगो नियन्त्रणको प्रयास सुरु भएको हो । नेपाल र सशस्त्र प्रहरीलाई परिचालन गरेर आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले लामो समयदेखिको आगो नियन्त्रणको प्रयास भईरहेको तर गोदाम भित्र अझै आगो बल्ने गरेको जानकारी दिए । विद्युत सर्ट भएर आगलागी सुरु भएको हुनसक्ने प्रहरीको भनाइ छ ।प्रहरी प्रवक्ता दाहालले भने –‘ आगो नियन्त्रणमा रहेको छ । तर गोदाम भित्र विभिन्न स्थानमा आगो बलिरहेको छ । ‘
उद्योगका चार वटा गोदाम मध्ये एक एलईडी बल्भ भएको गोदाम पूर्ण रुपमा जलेर जष्ट भएको छ । सुरक्षाकर्मीले नजिकैका तीन गोदाम भने आगो फैलनबाट जोगाएका छन् । सञ्चालक मध्ये एक अरुण राठीले चार वटा गोदाम मध्ये करिव ४ हजार एस्कुवाईर फिटको एलईडी बल्भको गोदाम जलेर पूर्ण रुपमा नष्ट भएको जानकारी दिए । उनका अनुसार करिव १० करोडको हराहरीमा उद्योगमा क्षती भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!