हिपमत डटकम

बिहिबार, माघ १९, २०७९ || 2180  पटक पढिएको

मुम्बई । साउथ र हिन्दी फिल्मका प्रख्यात अभिनेता कमल हासन हालका दिनमा सफल यात्राको उत्सव मनाइरहेका छन् । उनको फिल्म ‘विक्रम’ले बक्सअफिसमा ४ सय करोड रुपैंयाँको व्यापार गरेपछि उनको हाउभाउमा निकै परिवर्तन आउन थालेको छ । यी अभिनेताले अहिले पुरानै शैली अपनाउन थालेका छन् ।

 

यसको उदाहरण हालैको घटनालाई सम्भिए पुग्छ । फिल्म ‘इण्डियन २’को सुटिङका लागि उनी हेलिकप्टरबाटै सुटिङस्थलमा पुगेका थिए । उनी तिरुपतिबाट गडिकोटा हेलिकप्टर चढेरै पुगेका थिए । कमल निकट स्रोतका अनुसार उनी अहिले दैनिक रुपमा हेलिकप्टरबाटै सुटिङस्थल पुग्छन् ।

कमलले ‘इण्डियन २’को सुटिङका लागि हेलिकप्टर लिएर पुगेको तस्वीर आफ्नो इन्स्टाग्राममा राखेका छन् । ‘मेरो लोकेसन थाहा पाउनु निकै सजिलो छ’, उनले लेखेका छन् । तस्वीरमा हेलिप्याडको अगाडि कमल उभिएका छन् ।

‘विक्रम’को उत्कृष्ट सफलतापछि कमल जसै एकपटक पुनः खुलेर मैदानमा आएका छन् । उनी न त सरकारविरुद्ध एक राजनीतिक पार्टीलाई समर्थन गर्न हिचकिचाउछन् । न त आफ्नो बिलासी जीवनलाई सार्वजनिक रुपमा देखाउन पछि हट्छन् । हेलिकप्टरलाई पनि आम गाडीकै जस्तो गरेर प्रयोग गर्न थालेपछि कमलको शैलीबाट सबै चकित परेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!