हिपमत डटकम

बुधबार, पौष ०६, २०७९ || 372  पटक पढिएको

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफनो पाँच वर्षे कार्यकालमा प्रदेश सरकारले मुख्यरुपमा संविधान र संघीयताको सफल कार्यान्वयनका लागि काम गरेको बताउनुभएको छ ।

आफनो पाँच वर्षे कार्यकालको अन्तिम समयमा आएर बुधबार विहान मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । पहिलो पटक प्रदेश सरकार गठन भएको बेला भौतिक संरचनाको साथै कानूनको अभाव भएको अवस्थामा प्रदेश सरकारले आफनो पाँच वर्षे समयमा ५५ वटा ऐन कानून निर्माण गर्नुको साथै संविधान र संघीयताको सफल कार्यान्वयनका लागि विभिन्नखालका संरचनाहरुको निर्माण गरिएको बताउनुभयो ।

संविधानको अनुसूचीमा रहेका अधिकारहरु प्रदेशले पाओस्, त्यसका लागि प्रदेश प्रहरी ऐन, सहितका विभिन्न ऐनहरु प्रदेश सरकारले निर्माण गरेर त्यसको कार्यान्वयनका लागि सर्वोच्चमा रिट दर्तासम्मको सफल प्रयासहरु पनि प्रदेश सरकारले गर्दैआएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री राउतले भन्नुभयो, “मधेश प्रदेश पहिलो प्रदेश हो जहाँ हामीले तीन वटा विश्वविद्यालयको परिकल्पना गरेको र तीनै विश्वविद्यालय अहिले सञ्चालनमा रहेका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश कृषि विश्वविद्यालय र मधेश विश्वविद्यलायले आफना कार्यक्रम सञ्चालन गरिसकेको बताउँदै उहाँले शिक्षा क्षेत्रमा प्रदेश सरकारले अपेक्षित काम गरेको बताउनुभयो ।

शिक्षाको साथै प्रदेश सरकारले समाजिक रुपान्तरणका लागि र त्यसमा पनि महिला, दलित  र उत्पीडित समुदायका लागि आवश्यक ऐन कानूनहरु निर्माण गरी महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउनुभयो । महिला शसक्तीकरणका लागि छोरी विमा, महिलालाई लोकसेवा कक्षाको तयारी, कक्षा ८ मा पढने किशोरीलाई साइकल वितरणजस्ता कार्यक्रम सञ्चालन गरी प्रदेश सरकारले समाज रुपान्तरणका लागि कामकाज गरेको बताउनुभयो ।

प्रदेश सरकारले निर्माण गरेको दलित शसक्तीकण ऐनसहितका विभिन्न ऐनका कारण समाजमा उत्पीडनमा परेका समुदाय सामाजिक विभेद हुनबाट बञ्चित हुने र तीनिहरुको अधिकार स्थापित भएको दावी उहाँले गर्नुभयो । पाँच वर्षे कार्यकालमा आफुलाई प्रतिपक्षिले पनि निकै सहयोग गरेको उहाँले चर्चा गर्नुभयो ।

चार पटक प्रदेश सरकारले ल्याएको बजेट सर्व सम्मतिले पारित भएको र एक पटक मात्रै वहुमतको अधारमा बजेट पारित गर्नुपरेको उहाँले स्मरण गर्नुभयो । पहिलो पटक मुख्यमन्त्री बन्दा भौतिक संरचना, सरकार संचालनका लागि ऐन कानूनको अभाव, कर्मचारीको अभावजस्ता विभिन्नखालका चुनौतीको आफुले सामना गर्नुपरेको बताउँदै उहाँले धेरैजसो ऐन कानून निर्माण भइसकेकाले सरकारलाई अबका दिनमा कामकाज गर्न सहजता हुने बताउनुभयो ।

शुसाशन र समाज रुपान्तरणका लागि वर्तमान सरकारले गरेको कामकाज लाई निरन्तरता दिन आउने सरकारलाई आग्रह गर्दै आफनो पाँच वर्षे कार्यकालमा सञ्चारसहित विभिन्न पक्षवाट भएको सहयोगका लागि सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । अव बन्ने नयाँ सरकारमा जसपा जाने नजाने विषयमा पार्टीले निर्णय लिने भन्दै संघ बमोजिम नै प्रदेशहरुमा पनि सरकार गठन हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!