हिपमत डटकम

सोमबार, भाद्र १३, २०७९ || 1086  पटक पढिएको

मोरङ । विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको नगद ४ लाख ५१ हजार ९ सय रूपैयाँ सहित धनकुटा साघुरीगडी गाउँपालिका-३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!