हिपमत डटकम

सोमबार, भाद्र १३, २०७९ || 512  पटक पढिएको

बिराटनगर। नुवाकोटको माटोले जन्माएको काँठ क्षेत्रका पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायक तथा सर्जक दिनेश श्रेष्ठले भर्खरै मात्र पुतली बोलको लोक दोहोरी गीत सार्बजनिक गरेका छन् । उक्त गीत नुवाकोट पन्चकन्या गाउँपालिकाले आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ तयार पारेको हो । यो मात्र नभई कलाकारहरुको सम्वृद्धिका निमित्त पनि य गाउँपालिका कत्तिको जिम्मेवार छ भने यो एउटा उदाहरण हो ।

लोक दोहोरी गीत ूपुतलीू लाई लय दिनेश श्रेष्ठले भरेका हुन् भने शब्द रुश्मा सापकोटाको रहेको छ । गीतमा दिनेश श्रेष्ठ जय राम सापकोटा, पार्वती कार्की र जयराम सापकोटाको सुमधुर स्वर सुन्न सकिन्छ । योवनका उत्ताउलो भावलाई गीत संगीतको माधुर्यता बाट बुनिएको यस गीतको म्युजिक भिडियोमा अनु पराजुली, अश्मिता आचार्य, अन्जु पन्तित, सोनु तिमल्सिना, बिपना भण्डारी, अरुण सापकोटा, दिपक श्रेष्ठ, राजकुमार खड्का, चकलेटी बिनोद लामिछाने, सुरेष ठकुरी, सबिन लामा, रामकुमार श्रेष्ठ, बिजय श्रेष्ठ, नारायण कोइराला ुराघबु र गणेश श्रेष्ठ लगाएत कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

दिनेश श्रेष्ठ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको ूपुतलीू बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन उमेश कार्की यु के ले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् । यस गीत संग सम्बन्धित सपुर्ण कलाकारहरुले पहिले गीत झैँ सम्पूर्ण श्रोता तथा दर्शकहरुले माया गरिदिनुहुने कुरामा बिश्वास व्यक्त गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!