हिपमत डटकम

सोमबार, भाद्र १३, २०७९ || 529  पटक पढिएको

विराटनगर । मोरङ केराबारी ८ शान्तिटोलकी एक महिला आफ्नी ९ वर्षीय छोरीसहित वेपत्ता भएकी छिन् ।
वेपत्ता हुनेमा २८ वर्षीय रिता चापागाईं फुयाल रहेकी छिन् । उनले आफ्नी ९ वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्न भनेर गत साउन ३ गते दिउँसो ३ बजेदेखि बेपत्ता भएकी हुन् ।

उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा उनका श्रीमान् सूर्यप्रसाद फुयालले निवेदन दिएका छन् । आफ्नी श्रीमती धरानदेखि काठमाडौं चल्ने मितेरी बसका स्टाफले बताए अनुसार साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि बसबाट ओर्लिएको जानकारीमा आएको बताएका छन् ।

लामो समय विदेशका काम गरेर फुयाल ६ महिना अगाडि स्वदेश फर्किएका थिए । घरमा सामान्य झैझगडा हुने गरेको स्वीकार गर्दै उनले त्यही कारणले घर छोडेको हुनसक्ने बताए । यद्यपि आफन्त र नातागोता कसैसँग पनि उनी कहाँछिन् भन्ने जानकारी नभएको कारण खोजी गरिदिन अपिल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!