पोखरा। शुक्रबार भिषण वर्षाको कारण नालीले बगाएर एक बालकको ज्यान गएको छ । वडा नम्बर १६ सुन्दरफिड नजिकैको नालामा परी स्थानिय ११ वर्षीय बालक रविन तिवारीको मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार बाटोमा हिँडिरहँदा छेउतिर साइड लाग्ने क्रममा रविन सिधै नालीमा परेका थिए । स्ल्याबले नछोपिएको उक्त नाली पानीको भेलले सडककै तहमा भरिएको थियो । बाटो नदेखिएकाले अकस्मात् नालीमा खसेर बालकलाई बगाएको स्थानियबासीले बताएका छन् ।

तिवारी फर्निचरका संचालक राम्जी तिवारीको छोरा रबिनलाई २ घण्टा खोजीकार्य गरेपछि तल भेटिएका थिए । उनलाई लगत्तै मनिपाल अस्पताल लगिएकोमा पहिल्यै निधन भइसकेको बताएको वडा अध्यक्ष अमृत तिमिल्सिना शर्माले जानकारी दिएका छन् ।

पोखरा १६ दीप देखि लामाचौर, बाटुलेचौर सडक खण्डका नाली अत्यन्त असुरक्षित छ । यसअघि पनि २ जनाको ज्यान गएको समाचार सार्वजनिक भइसकेको छ । स्थानियहरुले सडक र नालि असररक्षीत भयो भन्दै स्थानियले बाटो बन्द गरेर आन्दोलन गरीरहेका छन भिडियो सहीत

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!