हिपमत डटकम

सोमबार, भाद्र १३, २०७९ || 758  पटक पढिएको

निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्क अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवाबाट नेटवर्कभित्र फोन नलाग्ने र अन्य नेटवर्कमा समेत फोन, एसएमएस तथा इन्टरनेट नचल्ने समस्या देखिएको हो । सोमबार बिहान करिब ११ बजेदेखि अवरुद्ध कम्पनीको दूरसञ्चार सेवा अझै खुल्न सकेको छैन ।

 

समस्या के भएको बुझ्न पठाइएको नेपाल दूरसञ्चार प्राधिकरणका महानिर्देशक अर्जुन घिमिरेले रातोपाटीलाई जानकारी दिए । ‘दूरसञ्चार सेवा प्रदायक एनसेलमा के भएको हो अहिलेसम्म जानकारी पाएका छैनौं । एनसेल नेटवर्कभित्र फोन लागिरहेको छैन, के भएको हो सो बुफ्न त्यसतर्फ कर्मचारी पठाइसकेका छौं’ घिमिरेले भने । यसबारेमा कम्पनीले समेत कुनै सूचना वा धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!