सुबोध चन्द्र दास एस सी सुमन

शुक्रबार, भाद्र १०, २०७९ || 13556  पटक पढिएको

कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बिहीबारदेखि हराइरहेकी बालिका शुक्रबार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृतावस्थामा भेटिएको बताए ।

“हराइरहेकी बालिकाको शव स्थानीयवासीको सहयोगमा आज बिहान प्रहरीले फेला पारेको हो ।” उनले भने, “अहिले घटनास्थल मुचुल्का सङ्कलन गरेर शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाएका छौँ ।” प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!