हिपमत डटकम

बुधबार, भाद्र ०८, २०७९ || 27788  पटक पढिएको

काठमाडौं महानगरपालिका-१४ कलंकी खसीबजारस्थित सडकमा बा.८१ प ४१२९ नम्बरको मोटरसाइकल र प्रदेश नम्बर ६ ख २८९३ नम्बरको टिपर एकआपसमा ठोक्किएर मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक धादिङ छत्रे देउराली घर भएका १८ वर्षीय विश्वास रन्जितकारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका-९ लुभु लामाटारमा बा.४ ख २३२७ नम्बरको मिनि टाटा गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ३६ वर्षीया उर्मिला रानामगरको मंगलबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको कृष्ट अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले दुर्घटनाका सम्बन्धमा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!