हिपमत डटकम

बुधबार, भाद्र ०८, २०७९ || 35858  पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री ज्यूले पटक–पटक आग्रह गर्नु भएपछि, अध्यक्ष ओली भेटवार्तामा हुनुहुन्छ, छलफल अहिले पनि जारी छ ।”

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रमुख सत्ता पक्ष र प्रतिपक्षका दलहरु तीव्र तयारीमा जुटेका बेला लामो समयपछि प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीको भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!