हिपमत डटकम

बुधबार, भाद्र ०८, २०७९ || 1176  पटक पढिएको

सुर्खेत । पपगायक सुजन ढकालले गत बर्षहरुमा जस्तै यसपाली पनि जन्मदिन मनाउन गरिने फजुल खर्चलाई कटाएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको ‘साझा घर नेपाल’लाई आर्थिक सहयोग गरेका छन् ।

‘मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो’ भन्ने आस्थाका कारण आफूले सानो भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ ‘साझा घर नेपाल’लाई सहयोग गरेको गायक सुजनले जानकारी दिए ।

‘एक छाक बाट एक मुट्ठी दान, साझा घर नेपाल को अभियान”भन्ने मुल उदेश्यका साथ संचालित असहाय अभिभावक बिहिन बालबालिकाहरुको आश्रय स्थल ‘साझा घर नेपाल’लाई गायक सुजनले केही थान चामलका बोरा , दाल, चना, कार्टुन चाउचाउ तथा चकलेट गरि विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।

बिगत ५ बर्षदेखि आफ्नो जन्मदिनको अवसर पारेर विभिन्न सामाजिक संथालाई सहयोग गर्दै आएका गायक सुजनले गत वर्षहरुमा पनि विभिन्न मानव सेवामा सग्लन सस्थालाई सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!