हिपमत डटकम

मंगलबार, भाद्र ०७, २०७९ || 10778  पटक पढिएको

काठमाडौं । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्लोलोजी (आईआईएफटी) र सिभिल बैंक लिमिटेडबीच स्कलरसीप गर्ने सम्झौता भएको छ ।उक्त सम्झौताअनुसार सिभिल बैंकमा खाता हुने ग्राहकहरुले आईआईएफटीमा फेसन डिजाइनिङ र इन्टेरियर डिजानिङ सिक्न चाहनेले अधितम १५ प्रतिशत छुट पाउनेछन् ।

उक्त सम्झौतामा आईआईएफटीका तर्फबाट प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पा तथा निर्देशक विपना थापा र सिभिल बैंकको तर्फबाट सिभिल बैंक बागमती प्रदेश प्रमुख सुरज दाहाल तथा बाङ्गेमुडा शाखा प्रमुख रजल बज्रचार्यले हस्ताक्षर भएको छ । कमलादीको हेरिटेज प्लाजास्थित आईआईएफटीको कार्यलय एक कार्यक्रमबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापछि आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले आईआईएफटीको अफिसियल बैंक सिभिल बैंक रहने बताए । उक्त सम्झौताले विशेषगरी आईआईएफटीमा फेसन डिजाइनिङ सिक्न चाहनेहरु लाभान्वित हुने बैंक र आईआईएफटीको भनाइ छ ।

आईआईएफटीले पछिल्लो केही वर्षयता फेसन डिजाइनिङ बन्न चाहनेहरुका इच्छा पूर्ति गर्दै आएको छ ।

काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा आईआईएफटी सञ्चालनमा रहेको छ ।

अहिलेसम्म आईआईआएफटीबाट सयौँको संख्यामा फेसन डिजाइनर उत्पादन भ्यसकेका छन् । साथै, पछिल्लो समय आईआईएफटीले इन्टेयर डिजाइनिङको पनि कोर्ष सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!