झापा मेचीनगर नगरपालिका-१३ बस्ने ७८ बर्षीय धर्मराज घिमिरेको गाडीको ठक्करबाट मृत्यु भएको खबर प्राप्त भएको छ । नेकपा माओवादीको पूर्ब संविधान सभा सदस्य समेत रहेका घिमिरे गत शनिवार देखी हराई रहेकोले खोजीका लागि आफन्तले ईलाका प्रहरी कार्यालय धुलाबारी र काँकडभिट्टामा जानकारी गराएका थिए । हराएका घिमिरेको भारतिय प्रहरीसंग समन्वय गरी खोजी कार्य भईरहेकोमा आज बिहानको राती ०३ बजे भारतिय प्रहरीले भारत बागडुग्रा थाना देखि ३ किलोमिटर पुर्व सडकमा घिमिरेलाई गाडीले किचेर मृत्यु भएको अवस्थामा फेला पारिएको भनि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा जानकारी गराएको हो । शवको पहिचान भईसकेकोले शव लिनका लागि प्रहरी सहित आफन्तहरु बागडुग्रा थाना गई सकेको उक्त कार्यालयले जनाएको छ ।