हिपमत डटकम

आइतबार, भाद्र ०५, २०७९ || 28631  पटक पढिएको

साउन महिनामा वाणिज्य बैंकको डिपोजिट ४५ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एसोसिएसनले साउन महिनाभरिमा बैंकहरूबाट ४५ अर्ब डिपोजिट घटेको जानकारी दिएको हो ।

यस्तै, साउन महिनामा बैंकहरूको लगानी भने बढेको छ । साउनको पहिलो साता वाणिज्य बैंकहरूमा ४४ अर्ब ७८ अर्ब रुपैयाँ निक्षेप थियो । जुन, लगातार घटेर साउनको अन्तिम दिन अर्थात ३१ गतेसम्म आइपुग्दा ४५ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ३३ अर्ब रुपैयाँमा आइपुगेको हो ।

साउनको पहिलो साता ४४ खर्ब ७८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको डिपोजिट दोस्रो साता ४४ खर्ब ५० अर्ब रुपैयाँमा आइपुगेको थियो । यस्तै, तेस्रो साता पनि लगातार घटेर ४४ खर्ब ४६ अर्बमा आइपुगेको थियो भने चौथो साता डिपोजिट झनै घटेर ४४ खर्ब २१ अर्बमा आइपुगेको थियो ।

तर, साउनको २७ गतेको तुलनामा भने ३१ गतेसम्मको ४ दिनमा डिपोजिट बढेको देखिन्छ । २७ गते ४४ खर्ब २१ अर्ब रुपैयाँमा रहेको डिपोजिट ३१ गतेसम्ममा १२ अर्बले बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ कायम भएको बैंकर्स एसोसिएसनले जनाएको छ ।

यसैगरी, साउन महिनामा बैंकहरूको लगानी १२ अर्ब बढेको छ । साउनको पहिलो साता वाणिज्य बैंकहरूको लगानी ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो । जुन, ३१ गतेसम्म आइपुग्दा १२ अर्बले बढेर ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!