दाङ जिल्लाको तलसीपुर उपमहानगरपालिका-४ खाद्रे बस्ने ४५ वर्षीय प्रेम बहादुर बुढा सोही ठाउँस्थित खहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी सर्लाही जिल्लाको बागमती नगरपालिका-१० नयाँबस्ती बस्ने १८ वर्षीय सुरज परियार सोही ठाउँस्थित बागमती सिँचाईको नहरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी गोरखा जिल्लाको धार्चे गाउँपालिका-४ खोर्ला घर भई आरूघाट गाउँपालिका-९ आरूघाट बजार बस्ने ५८ वर्षीया पित माया गुरूङ आफ्नै भान्सा कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यसैगरी बाग्लुङ जिल्लाको बाग्लुङ जैमिनी नगरपालिका-१ कोप्चेस्थित सडकको नालीमा हाल नाम, थर, वतन नखुलेका करिब ३६ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका-८ तोपा तथा राजविराज नगरपालिका-१४ पर्साही बीच रहेको कोशी नहरको गेटमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी सुर्खेत जिल्लाको लेकबेशी नगरपालिका-४ जंबुघारी जंगल नजिक भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।