हिपमत डटकम

आइतबार, भाद्र ०५, २०७९ || 388  पटक पढिएको

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा संचालन हुने चौथो समूहको श्रव्यदृश्य आधारभूत तालिमको प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले आइतबार उद्‌घाटन गर्नुभयो ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले अपराध अनुसन्धान नेपाल प्रहरीको प्रमुख दायित्व भएकोले तालिमपश्चात प्राप्त हुने ज्ञान, सीपबाट श्रव्यदृश्य सामग्री निर्माणमा थप व्यावसायिक बन्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिँदै यस्ता सामग्रीले अपराधको मिहिन रूपमा अनुसन्धान गर्न सहयोग पुग्ने भएकोले संवेदशील भएर सीप हासिल गर्नुपर्ने बताउनुभयो ।

तालिममा के सिकियो भन्दा पनि सिकेको सीपलाई कार्यक्षेत्रमा कसरी उतार्योस भन्ने कुरा महत्वपूर्ण रहने भएकोले त्यसतर्फ लगनशील एवं दत्तचित्त भएर प्रशिक्षणमा सहभागी हुन समेत उहाँले प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो ।
कुल ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ४, प्रहरी हवल्दार २, प्रहरी सहायक हवल्दार १ र प्रहरी जवान १३ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!