मंगलबार, फाल्गुण २०, २०७६ || 682  पटक पढिएको

करिव ६ महिना सुनसान बनेको फिल्मी बजार गतसाता रिलिज दुई फिल्म ‘सेन्टी भाइरस’ र ’आमा’ले केही चहलपल गराएको छ ।यी दुई फिल्मले हलमा गराएको दर्शकको चहल पहलको फाइदा आगामी ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई पनि पुग्ने अनुमान फिल्मकर्मीको रहेको छ ।ती दर्शक हलमा आउँछन्, आउँदैनन् । त्यो देखिने नै छ । यो फिल्मलाई अर्काे एउटा फाइदा पनि पुगेको छ । त्यो हो सोलो रिलिजको अवसर । फागुन ३० मै आउने भनिएको अर्काे फिल्म ‘नीरफूल’ सरेको कारण यसले सोलो रिलिजको अवसर पाउन लागेको हो । एक नेपाली फिल्मसँग अर्काे नेपाली फिल्म नजुध्ने भन्दै ‘नीरफूल’ एकसाता पछि सरेको हो ।‘नीरफूल’ सरेपछि सोलो रिलिजको अवसर पाउन लागेको यो फिल्म त्यो फाइदा उठाउन अहिले ब्यापक प्रचारप्रसारमा जुटेको छ ।सायद त्यसैले पनि होला फिल्मका मुख्य कलाकार पल शाह र पूजा शर्मा दर्शक फकाउन स्कुलदेखि मेला महोत्सवसम्म धाउन थालेका छन् ।सो अवसरमा उनीहरुले फिल्म प्रति दर्शक आकर्षित गर्न गीतमा नृत्य गरेर दर्शक रिझाउने समेत गरेका छन् ।फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन् । प्रेमकथाको फिल्ममा अब्बल मानिएका सुदर्शन को यो फिल्ममा पल र पूजाका अलवा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ ।अभिनेत्री पूजा र निर्देशक सुदर्शन नै निर्माता रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!