हिपमत डटकम

बुधबार, भाद्र ०१, २०७९ || 3129  पटक पढिएको
सहिद निर्मल राजबंशीका आमाबुवा तस्बिर देखाउदै

विराटनगर। तीन तहको सरकार छ । बग्रेल्ती खुलेका सामाजिक संघ-संस्था छन् । तर, सहिद परिवारका लागि केही गरौं भन्ने सोच कसैमा छैन । त्यसैले विभिन्न समयमा देश र समाजका लागि प्राणको आहुती दिनेहरूका परिवारको बिचल्ली हुने गरेको छ ।

हामीले आज मोरङका केही सहिद परिवारको कथा व्यथालाई अघि सारेको छ । शिवु माझी भारत पञ्जावमा काम गरि राम्रैसँग परिवारको गुजारा चलाइरहेका थिए । तीन सन्तानसहित ५ जनाको पालन पोषण गर्दे आएका माझीले मधेस केन्द्रित आन्दोलनका क्रममा प्रहरीको गोलीबाट ज्यान गुमाउनु पर्यो । यो परिवारको दैनिकी कष्टमय छ । श्रीमान शिबुको मृत्युपछि दैनिक गर्जो टार्नसम्म धौ–धौ भएको धर्मपत्नी शिखाले बताईन् ।

सहिद भएको केही दिनसम्म सवैले सहयोग गर्ने बताए । हाल कसैले ‘के छ अवस्था ?’ भनेर सोधेको छैनन् । कटहरी–५ का सहिद निर्मल राजवंशीका पिता राजकुमार राजवंशीले मधेसवादी दल नै सहिद परिवारप्रति जिम्मेवार नभएको आरोप लगाए । छोराले मधेसको अधिकार स्थापित गर्न वलिदानी दिएपश्चात खेप्नु परेको पीडा कसैले बुझ्न नसकेको बताउँदै उनले नेताहरूको रवैयाले झन् उपेक्षित भएको सुनाए । निर्मलले मधेस आन्दोलन ०६३ साल माघ २४ गते सहिद भएका थिए । सामान्य कृषि पेशा गर्दै आएका राजवंशी छोराछोरीलाई अध्ययन गराए पनि रोजगारी दिलाउन नसकेको गुनासो गर्छन् । चार सन्तानमध्ये कान्छा छोरा विमल राजवंशीलाई सीएमए (आर्युवेद), छोरी कवितालाई जेटीए र जेठी छोरी पबित्रालाई स्नाकतसम्म पढाएका छन् । अध्ययन पूरा गरेका छोराछोरीले रोजगार नपाएको उनको गुनासो छ ।

प्रदेश नम्बर १ को मोरङ र सुनसरीमा भएका मधेस आन्दोलनमा सहिद परिवारलाई प्रदेश सरकारले वेवास्ता गरेको देखिन्छ । पहिलो मधेस आन्दोलनमा मोरङमा ६ जना, इनरुवा २, रामगञ्ज बेलगछियामा १ जना सहिद भएका थिए । दोस्रो मधेस आन्दोलनमा दुहवीमा एक सहिद भए । पछिल्लो पटक प्रदेशको सीमाङ्कमा केन्द्रित भएर भएको ६ महिने आन्दोलमा मोरङमा ३ जना सहिद भएका थिए । सहिदका आफन्तले सरकारको तर्फबाट दिइएको १० लाखबाहेक अन्य सुविधा पाएका छैनन् । सहिद भएलगत्तै उनीहरूका विभिन्न समस्या संवोधन गरिने प्रतिवद्धता गर्ने प्रशासक, सुरक्षा अधिकारी यो जिल्लामै छैनन् । नेताहरूले सबै विर्सिसकेका छन् ।

सहिद द्रौपदी चौधरीका श्रीमान जयनाथ प्रसाद चौधरीले घटनापछि सबैप्रकारका समस्या संवोधन हुने आश्वासन खोक्रो सावित भएको बताए । प्रदेश नम्बर १ का स्वास्थ्यमन्त्री जयराम यादवले सहिद परिवारका लागि रोजगारी र सेवा सुविधा दिन आफूहरूले निरन्तर आवाज उठाइरहेको बताए । यादवले प्रदेश १ मा तत्कालिन शेरधन राईको नेतृत्वमा रहेको दुई तिहाईको सरकारले सहिदको लागि केही योजना ल्याए पनि कार्यावन्यन नगरेको आरोप लगाए । प्रदेश १ मा मधेसी सहिदको लागि कुनै छुटै नीति तथा कार्यक्रम नरहेको सुनाए ।

जसपा नेता दिनेश मेहताले मधेस आन्दोलनमा सहिद भएका परिवारप्रति प्रदेशनम्बर १ का सरकार अनुदार भएको टिप्पणी गरे

यो खबर न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!